कमल । भारत बाट अवैध रुपमामा नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ हनुमान मन्दिर छेउमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान मध्ये. २७ हजार रुपैया बराबरको सटको रोल र कुर्था सुरुवालको कपडा , मेचिपुल बाट अन्दाजी ८ हजार रुपैया बराबरको २ बोरा सुर्ती र नगरपालिका कै वडा नम्वर ६ तुर्केनि खेल मैदान बाट ५० हजार रुपैया बराबरको १३ थान ढाकाको कपडा नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको प्रहरीले जनाएको छ ।