चुलाचुली । झापा जिल्ला कमल गाउँपालिका वडा नं ३ अन्तर्गत सानो केर्खा को उत्तर तर्फ रतुवा माई वृक्षरोपण आयोजना परिसरमा रहेको एक फलैचा मा हिजो बेलुकी साँझ सुत्ने तयारी गरिरहेका नवलपरासी दमिला निवासी राजेश दर्जीलाई चुलाचुली गाउँपालिका वडा नं १कमल बस्ने रत्न थापाले आफ्नो घर सम्म ल्याएर बास दिएका थिए।
थापाका अनुसार दर्जी साँझको समयमा बन् क्षेत्र भित्र बास बस्न लागेको र उक्त क्षेत्रमा दैनिक रुपमा जंगली जनावर हात्ती आवत जावत गरिरहने भएको हुँदा उहाँलाई हात्तीको आक्रमण बाट जोगाउन र मानविय धर्म पूरा गर्न आफ्नो निजी निवास मा बास दिएका थिए। उहाँ बन् क्षेत्रमा कसरी बास बस्न विवश भए भन्ने प्रश्नमा दर्जी भन्नुहुन्छ केही महिना अघि रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारतको आसाम मा पुगेको र केही समयको बसाई पछि स्वदेश फर्कने क्रममा भारतको सिलिगुडीमा तीन जना लुटेराहरुको समूहले धारिलो घरेलु हतियार देखाई आफू संग भएको सबै नगद र मोबाइल समेत लुटे पछि काकरभिट्टा हुँदै उक्त स्थान सम्म पैदल हिँडेर आईपुगेको र आफू लाचार बनेर भोकै जंगल क्षेत्रको चौतारोमा बास बस्न बाध्य भएका थिए। विगत लामो समय देखि भारत मा काम गरी नेपाल फर्कने नेपाली कामदारहरुले सिमाना मा यस्ता समस्या भोग्नु परिरहेको भएता पनि राज्यको यस तर्फ ध्यान नगएको गुनासो समेत राजेशले सुनाए ।
नवलपरासी सम्म पुग्ने यातायात खर्च पाए घर पुग्न सक्ने उहाँको भनाइ पछि उहाँलाई आज बेलुकी ३ बजे झापाको केर्खा बाट नवलपरासी सम्म पुग्ने बस टिकट र आवश्यक बाटो खर्चको व्यवस्थापन प्रगति युवा समूह को कोष बाट व्यवस्थापन गरिदिएको समूहका अध्यक्ष सन्तवीर फगोले बताउनुभयो। लुटिएर बाटोमा अलपत्र परेको अन्जान व्यक्तिलाई आफ्नो घर सम्म ल्याएर बास दिने थापा र खर्च व्यवस्थापन मा लागिपर्ने फागो दुवै मानवीयता अझै जीवित छ भन्ने एक उदारहण भएको समाज परिवर्तनको संवाहक रहेको जानकारी गराउँदै स्थानीय समाजसेवी गणेश न्यौपाने ले दुवैजनालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता महान र पुण्यको काममा लागि पर्न आग्रह समेत गर्नु भयो।