logo
मंगलबार, कार्तिक ११ २०८३

दमकमा गठवन्धनमा पहिरो, माओवादीलाई भोट दिन नसकिने भन्दै एमाले प्रवेश


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक २५ २०७९

दमक । झापा ५ नम्बर क्षेत्रमा सत्तारुढ गठवन्धन स्तब्ध भएको छ । नेपाली कांग्रेसका नगर सदस्य, क्रियाशील सदस्यहरु सहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश गरेपछि गठवन्धन स्तब्ध भएको छ ।

कांग्रेस नगर समितिका सदस्यहरु नै एमाले प्रवेश गरेपछि गठवन्धन थप समस्यामा परेको हो । गठवन्धनमा रहेका कांग्रेस कार्यकर्ताहरु माओवादीलाई भोट दिन सकिँदैन भन्दै एमाले प्रवेश गरेका हुन् ।

बिहिबार दमकमा कांग्रेसका नगर सदस्यहरु गोमादेवी भण्डारी, पदम बहादुर धिमाल र आशिष बरालसहित दर्जनांै जिम्मेवार कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र क्षेत्र नम्बर ५ ख का उम्मेदवार होमबहादुर थापाको उपस्थितिमा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

यो क्षेत्रमा नगर कमिटीका सदस्यहरु नै एमालेमा प्रवेश गरेपछि माओवादी आत्तिएको छ । क्षेत्र ५ ख मा गठवन्धनको तर्फबाट माओवादीले उम्मेदवारी दिएको छ । कांग्रेसमा पहिरो जान थालेपछि माओवादी नेतृत्वले तत्काल नगर कमिटीको बैठक राखेर स्थिति समाल्न दवाब दिएको छ । तर, अहिलेसम्म नगर कमिटीको बैठक बोलाइएको छैन ।

एमाले प्रवेश गर्ने नगर सदस्यमा पदमबहादुर धिमाल र आशिष बराल छन् । त्यसैगरी क्रियाशील सदस्यहरु पनि एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा शमशेर  डाँगी, भरत भण्डारी, अनिल राई, कुमार धिमाल, राजेश धिमाल, सुशिल धिमाल, रमेश गौतम, अजुत धिमाल, उमेश गौतम, किरणकुमार धिमाल, विनोद थेवे, सुजन विष्ट, सूर्य मिश्र, नितेष धिमाल, सलिना धिमाल,सोना धिमाल, वरसाद धिमाल लगायतका हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend