logo
मंगलबार, कार्तिक ११ २०८३

काठ तस्करी गर्दै गरेको अवस्थामा काठ ढुवानीमा प्रयोग भएको अटो सहित दुईजना युवा प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक २४ २०७९

कमल । अबैध रुपमा तस्करी हुँदै गरेको काठ र काठ ढुवानीमा प्रयोग भएको अटो सहित दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा काठ तस्करी हुँदै गरेको सुचनाका आधारमा प्रहरी चौकी केर्खाका ईन्चार्ज प्रहरी नायव निरिक्षक सुवाश मिश्रको कमण्डमा खटिएको गस्ति टोलिले झापाको कमल गाउँपालिका ३स्थित शहिद गेट छेउ बाट काठ ढुवानीमा संलग्न दुईजना व्याक्ति सहित काठ ढुवानीमा प्रयोग भएको अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले शंकालागी चेकजाँच गर्ने क्रममा काठ ढुवानीमा प्रयोग गरेको मे १ ह ४८०७ नम्वरको अटो सोही अटो मा ढुवानि गर्दै गरेको सखुवा जातको जस्तो देखीने ८ वटा फेन्टा तथा अटो चालक चुलाचुली गाउँपालिका १ ईलाम निवासी वर्ष २६ का सन्तोस राई र सोही ठाउँ निवासी वर्ष २६ का भिम बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानकालागी डिभिजन वन कार्यालय चन्द्रगडी पठाईएको चौकी ईन्चार्ज प्र. ना. नि. सुवाश मिश्रले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend