logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश नं १ का मन्त्री थापाको मृत्यु र मुख्यामन्त्री कार्यालय द्वारा श्रद्धाञ्जलि व्याक्त


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २३ २०७९

विराटनगर ।  प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा आज विराटनगरमा निधन भएको छ ।उहाँको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो ।

उहाँलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या भएपछि पुनः सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको पथरीशनिश्चरे–८ घाटमा आज दाहसंस्कार गर्ने पार्टी सचिव घिमिरेले जानकारी दिनुभयो ।

यसैवीच मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताउनुभयो ।

थापाको निधन प्रति मुख्यमन्त्री कार्यालयले भावपूर्ण श्रद्धाञ्जलि समेत व्याक्त गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend