logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार घिमिरेलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक २० २०७९

बिर्तामोड  । समाचारको विषय लिएर सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका झापा सचिव डिकेश लामाले एक विज्ञप्ति जारी गर्दै बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईले बी एण्ड सी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेश गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा प्रशारित समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।


प्रकाशित प्रशारित समाचारप्रति चित्त नबुझे कानूनी सहायता लिने, खण्डन छाप्ने बाटो रोज्न महासंघले सुझाव समेत दिएको छ ।
महासंघ पत्रकारलाई असुरक्षित बनाउने गरी धम्की दिइएको घटनालाई गम्भीर रूपमा लिंदै धम्की दिने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकार घिमिरेको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
साथै, एउटा सञ्चार माध्यममा आएको समाचार अर्को सञ्चार माध्यमले खण्डन गर्ने कार्य पत्रकार आचारसंहिता विपरीत हुने भन्दै पत्रकारलाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend