logo
शुक्रबार, साउन २९ २०८३

आगामी निर्वाचनलाई निश्पक्ष बनाउन देशै भरि युवा तथा विद्यार्थी परिचालित भएका छन् ः सुनिता


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक १३ २०७९

 दमक । अनेरास्ववियूकी केन्द्रिय अध्यक्ष सुनिता बरालले आगामी निर्वाचनलाई निश्पक्ष बनाउन देशै भरि युवा तथा विद्यार्थीहरु परिचालित भएको बताउनु भएको छ ।
झापाको दमकमा गरिएको कुराकानीका क्रममा उहाँले केहि दल र उम्मेद्वारले मतदाताहरुलाई भ्रम र प्रलोभनमा पार्ने विगतमा पनि देखिएको भन्दै अब त्यसो हुन नदिने पनि बताउनुभयो ।
लोकतन्त्रमा नागरिकले भयरहित ढंगबाट मतदान गर्न पाउने नैसर्गीक अधिकार भएकाले निर्वाचनको गरिमा उच्च बनाउन अनेरास्ववियूले अगुवाई गर्ने समेत उहाँको भनाई छ । चुनावी प्रचार प्रसार देखि मतदान र मतगणना सकिए सम्मनै अखिलले नागरिक स्वतन्त्रताका लागि पहरेदारी गर्ने बरालले बताउनुभयो ।
नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहनु भएकी बरालले यसवर्ष अखिल मार्फत मेरो पहिलो भोट नेकपा एमालेलाई भन्ने अभियान चलाईएको र अभियान मार्फत एमालेलाईनै भोट किन दिने भन्ने बारेमा पनि जानकारी गराउने गरिएको बताउनुभयो ।
गुणस्तरी र सुलभ शिक्षा, रोजगारी र आत्मनिर्भरता जस्ता विषय एमाले तथा अखिलको प्रमुख एजेण्डा रहँदै आएको बताउनु भएकी बरालले यि विषयहरु समेटेर केहि दिनमानै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक हुने समेत बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend