logo
शुक्रबार, साउन २९ २०८३

झापा ४: एमाले-राप्रपा संयुक्त घर दैलो अभियान तीब्र


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २ २०७९

झापा: झापाको क्षेत्र नं. ४ मा एमाले-राप्रपाले प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेद्वार एल पी सावाँ  तथा राप्रपाका प्रदेश (ख) उम्मेद्बार  भक्ती प्रसाद सिटौलाले घरदैलो अभियानलाई तिब्र पारेका हुन् ।

हिजो मंगलबार  घरदैलो कार्यक्रम झापा गाउँपालिकामा रहेका भाम टोली, चर्तागाछी, कामाटोली बजार, नयाँ टोला, खयरबारी, बासबारी, सर्णामती लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य केशव कार्कीले बताए ।

असोज ३० बाट सुरु भएको घरदैलो अभियान कार्तिक १४ सम्म चल्ने तालिका रहेको बताइएको छ ।

राप्रपा र एमालेलेको तालमेल रहेको यस क्षेत्रमा रहेका सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समानान्तर तवरले सम्बोधन गर्ने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

सुरुंगा हुँदै झापा गाउँ पालिका जोड्ने सडक निर्माणक्रममा रहेको यस क्षेत्रलाई  हुलाकी राजमार्गले समेत जोडेको छ । हुलाकी सडक अन्तर्गत जोडिने गौरिगन्ज देखि भद्रपुर सम्मको सडक खण्डको अधिकांश कार्य सम्पन्न भइसकेको भएता पनि कन्काई र बिरिङमा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend