logo
शुक्रबार, साउन २९ २०८३

अन्य दल छाेडी एमालेमा प्रवेशकाे लर्काे


  • मनकुमार गदाल
  • मंगलबार, असोज १८ २०७९

दमक ,संघीय लोकतात्रिक राष्ट्रिय मञ्चको केन्द्रीय सचिवालय सदस्य धनकुटा निवासी चन्द्र सिह नेम्वाङ सहित माओवादी ,नेकपा एस ,लगायतका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले आज गृह नगर झापाको दमकमा अविर खदा लगाएर एमाले पार्टीमा प्रवेश गराउनु भएको हो ।
धनकुटाबाट आएको मञ्चका नेम्वाङ,नेकपा एसको १न. प्रदेश समिति सदस्य सुरेन्द्र प्रसाद पौडेल ,जिल्ला समिति सचिवालय सदस्य सोभित निरौला, नेकपा एस पार्टीकै अखिल नेपाल स्वतन्त्र विधार्थी युनियनको सचिव सावित्रा घिमिरे ,एस पार्टीको जिल्ला सदस्य दुर्गा निरौला,नेकपा माओवादी पार्टीको चौवीसे गाउँ समिति सचिव गणेश तुम्सा लिम्वू र एस पार्टीको पाख्रीवास नगर सदस्य भक्त भुजेलले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको एमाले धनकुटा जिल्ला सचिवालय सदस्य रोजा राईले जानकारी दिनु भयो । दशै तिहार पछि पार्टी अध्यक्ष ओलीलाई धनकुटामा सहभागी गराएर बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने पनि धनकुटा पार्टी अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिनु भयो ।
सधै दशैंको महाअष्टमीको दिन एमाले जिल्ला कमिटी झापाले विर्तामोडमा आयोजना गर्ने शुभकामना आदान प्रदान कार्यक्रममा भोली (असोज १८ गते) दिउसो सहभागी हुन गृह नगर दमक आइपुग्नु भएका पार्टी अध्यक्ष ओलीले प्रवल भण्डारीको नेतृत्वमा दमकका १०जना युवाहरुलाई पनि पार्टी प्रवेश गराउनु भएको छ । यसै गरी निर्मल श्रेष्ठको नेतृत्वमा झापाको कमलका राजकुमार तामाङ, शंकर शाह ,दिपचन तामाङ ,सुमन विष्ट,एक्सल मगर लगायतका ९ जना युवाहरुलाई अविर र खदा लगाएर एमाले पार्टीमा नेता ओलीले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend