logo
शुक्रबार, साउन २९ २०८३

झापा क्षेत्र नम्वर ४ बाट प्रतिनिधी सभा सदस्यमा राईको उमेद्वारी


  • उमानाथ भण्डारी
  • आइतबार, असोज ९ २०७९

कमल। संघ र प्रदेश सभा सदस्य पदका लागी आगामी मंसिर ४ गते हुने निर्वाचनका उमेद्वारले आफ्नो प्रचार प्रसारलाईलाई तिव्रता दिन सुरु गरेका छन् ।
यसै क्रममा झापाको क्षेत्र नम्वर ४ बाट प्रतिनिधीसभा सदस्यकालागी स्वतन्त्र उमेद्वार नन्दराज राईले पत्रकार सम्मेलनगरी आफु उमेद्वार भएको जानकारी गराउनु भयो ।
राजनितीलाई जनताको विकास , समृद्धि, स्थिरता, शान्ति निकास सम्म जोड्नकालागी लामो समय देखी पटक पटक शक्तिमा पुगेका राजनितिक दलका नेताहरुले नसकेका कारण त्यसलाई पुरागर्न आफुले स्वतन्त्र पदम बाट उमेद्वार दिएको राईले ,बताउनु भयो ।
शिवसताक्षी नगरपालिका ८ मा स्थाई बसोवास गर्दै आउनुभएका राईकोले २०३७ सालमा अर्थशास्त्रमा एम.एं सम्मको अध्यायन पुरा गर्नु भएको छ । अहिले सम्म कुनै राजनितीक दलमा आवद्ध नभएका राई विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर समाज परिवर्तका लागी धेरै काम गरेको समेत वडाँले प्रस्ट पानुभयो । दलमा आवद्ध हुदा दलको ह्वीप मान्नुपर्ने भएर नै आफु अहिले सम्म लदमा अवद्ध नभएको बताउदै भ्रष्टाचार, ढिलासुस्ती लगायतका बेथितीलाई अन्त्य गर्न आफ्नो उमेद्वारी दिएको राईले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend