झापा, भदौ ८ । जिल्ला प्रशासन कार्यालय झापाले तीजलाई भड्किलो नबनाउन सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार एक विज्ञप्ती जारी गरी सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेकका कार्यक्रम तीजको नामा आयोजना आग्रह गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा महंगा तीजसंग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउनु हुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ ।’
चार्डपर्व मनाउन गरिने फजुल खर्च र तडकभडकलाई नियन्त्रण गर्न सबै राजनितिक दल, नागरिक समाज, पेशागत संघ संस्था, सञ्चारकर्मीहरुमा जिल्ला प्रशासन कार्यालय झापाले सहयोगका लागि समेत आग्रह गरेको छ ।