logo
शनिबार, कार्तिक २९ २०८३

बाहुनडाँगीका किसानलाई प्रशासनकाे अनुराेध “पाकेको बाली समय मै घर भित्र्याउनुहोस्”


  • कुइनेटो न्युज
  • शनिबार, कार्तिक २९ २०८३

झापा / झापामा हात्ती प्रभावित बाहुनडाँगी क्षेत्रका किसानलाई जिल्ला प्रशासन कार्यालय झापाले पाकेको बाली समय मै घर भित्र्याउनुहोस् अनुराेध गरेको छ ।

हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि झापा जिल्ला प्रशासनले हात्ती प्रभावित बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेको हाे ।
किसानले बाली थन्क्याउञ्जेल थप सुरक्षाफौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गरिने रणनीतिमा सुरक्षा निकाय रहेको  प्रशासनले जनाएको छ ।

कार्तिक २७ गते बिहानै एक जना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकसहितको टोलीले हात्ती प्रवेशको मुख्य केन्द्र   बाहुनडाँगी नाकाको आकस्मिक भ्रमणमा गर्नु भएको थियाे  ।

टोलीले भारततर्फबाट जङ्गली हात्ती प्रवेश गर्ने मुख्य बिन्दु बाहुनडाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रेखदेख र संरक्षणमा किसानहरू पाकेर पहेँलपुर भएको धानबाली धमाधम काट्ने र ढुवानी गर्ने काममा जुटेका थिए।

सुरक्षा प्रमुखहरूले स्थानीय किसानसँग खेतीबारीमा नै ‌ छलफल गरी बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सकिए पाकेको धानबाली सुरक्षित रूपमा घर भित्र्याउन पाइने स्थानीय किसानको माग काे यथोचित सम्बोधन गर्न दुवै सुरक्षा निकायका प्रमुखलाई  प्रमुख जिल्ला अधिकारी पाेखेलले निर्देशन दिनुभएको हाे ।
जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति खटाई स्थानीय समुदायसँग मिलेर हात्तीको प्रवेश नियन्त्रण गर्न प्रयास गरिनुका
साथै स्थलगत अवलोकनपछि स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रिया समेत भएको  थियो ।

हात्ती नियन्त्रणका लागि सो स्थानमा खटिएको समर्पित सुरक्षा टोलीलाई प्रमुख जिल्ला  पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गर्नु भएको थियाे  ।

हाल सो स्थानमा सशस्त्र प्रहरी , नेपाल प्रहरी , डिभिजन वन कार्यालयका कर्मचारी , स्थानीय युवा सहितको टोली तैनाथ रहेकोछ।हात्ती आएको  सूचना प्राप्त हुनासाथ उक्त टोली ‌ परिचालन हुने जनाएको छ  ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend