झापा । भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको प्रहरी टोलीले विभिन्न सामानसहित एउटा अटो बरामद गरेएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २४ गते मेचीनगर नगरपालिका ११ स्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीले भन्सार छली गरी नेपालले ५ लाख ६१ हजार ८ सय रुपैयाँ बराबरका विभिन्न सामानसहित एउटा अटो बरामद गरेको हो ।
प्रहरीले बरामद गरेका सामानमा विभिन्न प्रकारका सामान सहित सामान ओसारपसारमा प्रयोग गरिएको एउटा अटोसहित बरामद गरेको हो ।
बरामद गरिएका सामान तथा अटोलाई आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय, भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ ।