कमल । कमलनगर जेसीज वर्ष २०२६ को आयोजनामा सांस्कृतिक कार्यक्रम ‘गजल साँझ’ सम्पन्न भएको छ ।
जेसीस सप्ताह अन्तरगत सन्चालन गरीएकाे कार्यक्रम शनिबार साँझ कमल गाउँपालिका ३ केर्खा बजारमा सम्पन्न भएको हाे ।
साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न गजलकारहरूले आफ्ना सिर्जनामार्फत गजल प्रस्तुत गर्नु। भएको थियाे ।
गजलकारहरू लिला अनमोल, विवश वलिभद्र काेईराला, दीपक सुवेदी, मनिषा कठायत, प्रवेश श्रेष्ठ र हरि पराजुली , सेज ल श्रुती, लगायतले आ–आफ्ना गजल प्रस्तुत गर्दै कार्यक्रममा साहित्यिक माहोल बनाउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्कायसैगरी वर्ष २०१८ का तथा कमल १ का वडा अध्यक्ष केदार कटुवाल र प्याव्सन काेशी प्रदेशका सचिव गौरिमान फागोले युवा पुस्तामा हराउदै गएको गजललाई जाेगाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने भन्दै कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो।
कमलनगर जेसीजका अध्यक्ष महेश भण्डारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, गजलकार तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन जेसीजकी महासचिव मनिषा कठायतले गर्नुभएको थियो।
साहित्यप्रेमी, सर्जक तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रमले स्थानीय क्षेत्रमा साहित्यिक जागरण र सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ।