logo
शनिबार, कार्तिक २९ २०८३

झापा जिल्ला अदालतका सूचना अधिकारीको जिम्मेवारीमा रहेका बस्नेतको सुनसरी सरूवा


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक २८ २०८३

झापा / झापा जिल्ला अदालतका सूचना अधिकारीको जिम्मेवारीमा रहेका शाखा अधिकृत रामचन्द्र बस्नेतको सरूवा भएको छ। उहाँको सुनसरी जिल्ला अदालतमा सरुवा भएको हो।

सरोकारवालाले माग गरेका न्यायिक एवं कानूनी क्षेत्रका दिन मिल्ने सूचना र जानकारी समयमै उपलब्ध गराउने जिम्मेवारी सूचना अधिकारी बस्नेतले निर्वाह गरेका थिए।
उहाँ नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (हाल खारेज भएको ट्रेड युनियन) झापाका निबर्तमान अध्यक्ष समेत रहेका थिए।

संविधान र कानुनले नागरिकलाई सार्वजनिक निकायको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार दिएको र सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना कार्यालयबाट हुने कामकारवाही बारे जानकारी दिन एक सूचना अधिकारी तोक्ने कानूनी व्यवस्था भए अनुरुप सबै सरकारी कार्यालयहरूले सूचना अधिकारीको ब्यबस्था गरेका छन।

सार्वजनिक महत्वको न्यायिक सूचना माग्दा नपाउने, गोप्य राख्ने र प्राप्त गर्न ढिलो र झन्झटिलो प्रक्रिया हुन्छ भन्ने जनगुनासो आउन नदिन सूचना अधिकारी पूर्ण रूपमा सूचनामैत्री, कानुनको जानकार र जनसहयोगी हुन आबस्यक छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend