logo
शनिबार, कार्तिक २९ २०८३

मौलिक संस्कार र संस्कृतिको संरक्षणमा जुट्दै स्मारीका


  • उमानाथ भण्डारी
  • शनिबार, कार्तिक २२ २०८३

झापा । नयाँ पुस्तालाई नेपाली मौलिक संस्कार, संस्कृति तथा धार्मिक परम्पराको महत्वबारे जानकारी गराउने उद्देश्यले स्मारिका सामुदायिक बोर्डिङ स्कुलको आयोजनामा ‘स्मारिका सांस्कृतिक संगम १.०’ कार्यक्रम सम्पन्न भएको छ ।

    द्वितीय  श्रीकृष्णहरि कीर्तन मण्डली

कमल ५ स्थित विध्यालयको प्राङगणमा सम्पन्न कार्यक्रम कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कमल गाउँपालिकाभित्रका १४ वटा कीर्तन मण्डलीको सहभागिता रहेको प्रतियोगितामा सहभागी मण्डलीहरूले आफ्नो कला, संस्कृति द्यउसी र भजनकीर्तन प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

                                   तृतीय गुह्येश्वरी कीर्तन मण्डली

प्रतियोगितामा लक्ष्मी नारायण कीर्तन मण्डली प्रथम, श्रीकृष्णहरि कीर्तन मण्डली द्वितीय र गुह्येश्वरी कीर्तन मण्डली तृतीय भएका छन् । विजेता मण्डलीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा विद्यालयका फाउन्डर प्रिन्सिपल गुणराज गिरीले यस्ता सांस्कृतिक कार्यक्रमले युवा पुस्तालाई आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आधुनिकताको प्रभावसँगै युवा पुस्ता आफ्नो मौलिक संस्कृतिबाट टाढिँदै गएको अवस्थामा विद्यालयले यस्ता कार्यक्रम मार्फत नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने प्रयास गरेको उहाँको गिरीले बताउनु भयो ।
उहाँले संस्कृति र परम्पराको संरक्षण केवल अग्रज पुस्ताको जिम्मेवारी नभई नयाँ पुस्ताको पनि साझा दायित्व भएको समेत गिरीको भनाई थियो ।
कार्यक्रमले स्थानीय कीर्तन मण्डलीहरूबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकता अभिवृद्धि गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend