कमल। झापाको कमल गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्यालाई गाउँपालिकामा स्वागत गरिएकाे छ ।
गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले यङ्यालाई स्वागत गर्नु भएको हाे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यङ्यालाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सुशासन कायम गर्ने कार्यमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
गाउँपालिका अध्यक्ष राईले अधिकृत यङ्या संगको समन्वय र सहकार्यबाट गाउँपालिकाको विकास निर्माण तथा प्रशासनिक कामले थप गति लिने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, उपाध्यक्ष प्रमिला न्याैपाने तिवारीले जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
सरूवा भएर आउनु र जानू कर्मचारीकाे नियमित प्रकृया हाे सिहि अनुसार म यहाँ आएको छ । यहाँ हरूकाे न्यानाे स्वागत पाएकाे छु , यश प्रती आभार व्यक्त गर्दछु । हामी सबै काे एउटै उद्येश्य भनेको समग्र पालिकाकाे विकास निर्माण हाे यसमा सबै मिलेर अगाडि बड्नु पर्ने अधिकृत यङ्याले बताउनु भयाे ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्र शासकीय अधिकृत यङ्डा संगको समन्वय र सहकार्यबाट गाउँपालिकाको विकास निर्माण तथा प्रशासनिक कामले थप गति लिने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको थियो।