कमल। झापाको कमल गाउँपालिकामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
गाउँपालिका महिला तथा बालबालिका शाखाद्वारा सातवटै वडामा रहेका ८५ देखि ९० वर्षमाथिका एक सय १० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम आज बाट सुरू गरिएकाे हाे ।

सम्मान कार्यक्रम अन्तर्गत आज पहिलो दिन वडा नं. ५ र ६ मा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको हाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले ज्येष्ठ नागरिकलाई दोसल्ला, फाइबर सिरक र ड्राइफुड प्रदान गरी संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत भाेली (विहिवार) वडा नम्बर १ र २ मा रहेका जेष्ठ नागरिक लाई सम्मान गरिने र त्यसपछि क्रमस सबै वडाका जेष्ठलाई सम्मान गरिने शाखा प्रमुख रीता कार्कीले जानकारी दिनुभयो।
ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरूप्रति सम्मान र अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।