logo
मंगलबार, कार्तिक ११ २०८३

कमलमा पोषण तथा खाध्य सुरक्षा सम्बन्धि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ १५ २०८३

कमल  । कमल गाउँपालिकाको आयोजनामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममार्फत पोषण सुधार, खाद्य सुरक्षाको अवस्था, बालबालिका तथा आमाको स्वास्थ्य संरक्षण, तथा बहुक्षेत्रीय समन्वयमार्फत समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन, पोषण मैत्री कमल गाउँपालिका घोषणा गर्ने विषयमा विस्तृत छलफल गरिएको कमल गाउपालिका अध्यक्ष हुकुम सिह राई ज्यु ले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य, कृषि, शिक्षा लगायत विभिन्न विषयगत शाखाका प्रतिनिधि, समितिका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय तहमा पोषणमैत्री योजना निर्माण, कुपोषण न्यूनीकरण, सुरक्षित खाद्य प्रणाली विकास तथा समुदायमा जनचेतना अभिवृद्धि र पोषण मैत्री कमल गाउँपालिका घोषणा गर्ने विषयमा विशेष जोड दिइएको थियो।

कमल गाउँपालिकाले “पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन” गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय आवश्यकताअनुसार कार्ययोजना तयार गर्दै प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैक्रममा, मिति २०८३ जेठ ०९ गते शनिबार पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिका पदाधिकारी तथा सरोकारवालाहरूलाई लक्षित गरी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको थियो।

 

त्यसैगरी, २०८३ जेठ १० गते कमल गाउँपालिका भित्रका ८ वटै स्वास्थ्य संस्था का प्रमुख तथा पोषण फोकल पर्सनहरूसँग अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको जानकारी स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल ले जानकारी दिनुभयो ।

कार्यक्रमले स्थानीय तहमा पोषण तथा खाद्य सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष हुकुम सिह राइले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend