logo
मंगलबार, कार्तिक ११ २०८३

कमल नगर अस्पतालमा अब दैनिक आँखा स्वास्थ्य ओपिडी सेवा सञ्चालन


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २६ २०८३

कमल । कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठैले विभिन्न निर्णय गरेको छ ।
बैठकले साविकमा अस्पतालमा स्वास्थ्य विमाको दर्ता काउण्टर विहान ९ बजे देखि अपरान्न १ बजे सम्म सञ्चालन हुदै आएकोमा सो अवधिलाई १ घन्टा थप गरि बिहान ९ बजे देखि दिउसो २ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मेचि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा कमल नगर अस्पतालमा आगामी २०८३ साल जेष्ठ ५ गते मंगलबार देखि दैनिक आँखा स्वास्थ्य ओपिडि सेवा सञ्चालन गरिने समेत निर्णय भएको अस्पताल प्रशासन प्रमुख कुशल श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend