कमल । झापाको कमल नगर अस्पतालमा सार्वजनिक विदाकाे दिनमा पनि नियमित सेवा सन्चाल भएको छ ।
नेपाल सरकारले आज (शुक्रबार ) अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको भएपनि कमल नगर अस्पतालमा अन्य दिन सरह नियमित सेवा सन्चालन प्रदान गरपएकाे छ ।
विदाकाे दिनमा समेत अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्दै सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गरेको अस्पतालका प्रशासन प्रमुक कुशल श्रेष्ठले बताउनु भयाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रवार) का दिन पनि ओपिडि सेवा सञ्चालन गर्न जारिगरेकाे प्रेस विज्ञप्ति अनुसार अनुसार विदाकाे दिनमा समेत अस्पताले ओपिडि तथा अन्य सेवा सञ्चालनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ।