कमल । झापाको कमल गाउँपालिकाका ६ लखनपुरमा निर्माणाधिन स्वास्थ्य चौकीको अध्यक्ष हुकुम सिंह राईले स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा अध्यक्ष राईका साथै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, लखनपुर स्वास्थ्य चौकी प्रमुख बिषर्जन मोक्तान तथा पूर्वाधार प्राविधिक शाखाका इन्जिनियर मणि कुमार लिम्बू लगायतले निर्माणधिनस्वास्थ्य चौकीको अनुगमन तथा निरिक्षण गर्नु भएको हो ।

निरिक्षणका क्रमममा अध्यक्ष राईले स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै दिनुहुँदै चाडै मेडिकल अधिकृत (डाक्टर) सहित बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइने बताउनुभयो । स्वास्थ्य चौकी सञ्चालनमा आएपछि गाउँपालिकाको लखनपुर क्षेत्र अन्तर्गत का वडा नम्बर ५, ६ र ७ का साथै आसपासका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त अध्यक्ष राईले बताउनु भयो ।
अध्यक्ष राईले निर्माणाधीन भवनका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुका साथै स्वास्थ्यकर्मीहरूलाई सेवा विस्तारमा सक्रिय भई स्थानीय नागरिकले प्रत्यक्ष रूपमा सेवा सुधारको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।