कमल ÷ झापाको कमल गाउँपालिकामा कमल मिनी म्याराथुन सम्पन्न भएको छ ।
प्रतियोगितामा म्याराथुन अफ द डे का रुपमा फरक क्षमता भएका शिवसतासी नगरपालिकाका अनिष ब्लोन (तामाङ्ग) हुनु भएको छ ।
कमल युथ फाउण्डेसनको आयोजना “हामी युवाको प्रतिवद्धता,लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराका साथ आज कमल मिनी म्याराथुन सम्पन्न भएको छ ।

मिनी म्याराथुमा १५ वर्ष मुनिका युवाले सिद्धार्थ चौक देखी समयगढ सम्मको ५ किलोमिटरको दुरी पार गर्दै केटा तर्फ प्रथम अबिरल गुरागाई, द्वतिय विवेक दनुवार र तृतिय डम्बर पौडेल हुनु भएको थियो । त्यस्तै केटी तर्फ प्रथम संगिता तामाङ्ग द्वतिय रुसना राई र तृतिय बसन्ती लिम्बु हुनुभएको आयोजकले जनाएको छ ।

त्यस्तै भेट्रान लगायत महिला र खुल्ला तर्फका प्रतियोगिले सिद्धार्थ चौक ,समायगढ,क्याम्पा हुँदै केर्खा सम्मको १२ किलोमिटरको दुरी पार गर्दै भेट्रान तर्फ प्रथम मंगल तामाङ्ग,द्वतिय हेमन्त लावती र तृतिय भिम प्रसाद निरौला हुनुभएको थियो भने महिला तर्फ प्रथम दिर्पा बस्नेत द्वतिय मन्दिरा महत्व र तृतिय मदिका देवान हुनु भएको कायक्रम संयोजक आशिष लेछर्वाेले बताउनु भयो ।

कार्यक्रममा खुल्ला म्याराथुन तर्फ मिसन आङ्गदेम्बे, द्वतिय प्रिठी राई र तृतिय समिर आङ्गदेम्बे हुनु आयोजक समितिका सदस्य सीसम राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्वतिय र तृतिय हुनेले क्रमश २० हजार , १५ हजार र १० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । भने टपटेन हुनेले मेडल र प्रमाण पत्र प्राप्त गर्नुका साथै सहभागी सबैले प्रमाण पत्र प्राप्त गर्नु भएको सह संयोजक चक्र मावोले बताउनु भयो ।

जिवनमा हरेक पाईला हामी म्याराथु दौडमा हुन्छौं ति दौडहरु जहिलै सकारात्मक हुनुपर्छ । । यस्ता प्रतियोगिताले युवालाई खेलकुद प्रति आकर्षण गर्नुका साथै लागु औषध बाट टाडा राख्न सहयोग पुग्नेछ । प्रतियोगितामा विभिन्न समुदायका व्याक्तिहरु समावेस भएकोले विभिन्न भाषा,सस्कार संसकृतीलाई समेत एकतामा बाड्न सहयोग पुग्ने सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रमेशकुमार पाण्डेले बताउनु भयो ।

पछिल्लो समय कमल गाउँपालिकामा युवाहरु लागु औषध दुव्र्यसनी तर्फ लागीरहेकोले त्यसलाई न्युनिकरण गर्दै युवाहरलाई लागु औषध दुब्र्यसनी विरुद्ध सचेतना जगाउने , खेलकुद मार्फत युवाहरुलाई जोड्नुका साथै एकता भाइचारा र राष्ट्रियता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कमल युथ फाउण्डेसनका अध्यक्ष जितेन साङपङ राईले बताउनु भयो ।
। म्याराथुन प्रतियोगितामा झापा ,मोरङ्ग लगायत कोशी प्रदेशका विभिन्न जिल्ला बाट करिव ५ सय जनाको सहभागीता रहेको थियो ।