चुलाचुली ÷इलामको चुलाचुलीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाको आयोजना तथा चुलाचुली गाउपालिकाको समन्वयमा गाउपालिका २ स्थित चुलाचुली आधरभुत अस्पतालमा
निःशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा उपस्थित सेवाग्रहीलाई डा. रविन्द्र निरौला तथा पन्चकर्म बिज्ञ राम प्रमोद चौधरीको नेतृत्वमा रहेका चिकित्सक टोलिले स्वास्थ्य परिक्षण तथा आवश्यक परामर्ष उपलब्ध गराईएको थियो ।
शिविरमा रक्तचाप, ग्याष्ट्रीक , मधुमेह,पायल्स,चालाको रोग तथा मुटुराग लगायतका २ सय १० जना विरामीको स्वास्थ्य परिक्षणका साथै आवश्यक परामर्ष सेवा प्रदान गरिएको थियो ।

पछिल्लो समय खानपान र जिवनशैलीमा आएको परिवर्तनका कारण मानिसमा विभिन्न समस्या आउने गरेको हो ।
प्रादेशिक आयुर्वेद अस्पतालको वार्षिक कार्यक्रम अनुसार आयुर्वेद उपचार पद्धतिको पहुँच भन्दा टाढा भएका बिरामिहरुलाइ सेवा प्रदान गर्दै उक्त उपचार पद्धतिका बारेमा जानकारी गराउने उद्धेस्यका साथ शिविर सन्चालन गरिएको
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका सुचना अधिकारी टेकनाथ अर्याले बताउनुभयो । ।
चुलाचुली आधारभुत अस्पतालले नियमित सेवा प्रवाहका साथै स्थानिय सरकारको सहयोगमा विभिन्न स्वास्थ्य सस्थाहरुको सहकार्यमा स्त्री रोग ,हाडजोर्नी तथा नशारोग ,बालरोग , आँखा सम्बन्धी विशेषज्ञ हरुको विशेष सेवा समेत प्रवाह गर्दै आएका अस्पताल प्रशासनले जनाएको छ ।