कमल । शुक्रवार सम्पन्न निर्वाचनको मतपरिणम अनुसार वण्डरल्यान्ड वोडिङ्ग स्कुलको स्कुल क्याप्टेनमा अनोदिता कोईराला र सहायक स्कुल क्याप्टेनमा निकिता जोशी निर्वाचित हुनुभएको छ ।
कोईरालाले १ सय एक मत प्राप्तगरी स्कुल क्याप्टेनमा निर्वाचित भएको हो । वहाँका प्रतिस्पर्धी अविरल गुरागाँईले ८४ र आदित्य सिंखडाले ४७ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी जोशीले १ सय २ मत प्राप्तगरी सहायक स्कुल क्याप्टेनमा निर्वाचित हुनु भएको हो भने वहाँका प्रतिष्पर्धी सोहन थापाले १ सय १ र सुहान श्रेष्ठले २४ मत प्राप्त गर्नु भएको थियो ।

कक्षा ५ देखी कक्षा १० सम्मका मनिटर तथा सहायक मनिटर
कक्षा १० को मनिटरमा सोफिया थापा निर्विरोध निर्वाचित हुनु भएको छ भने सहायक मनिटरमा ११ मत प्राप्तगरी निम्मी खान निर्वाचित हुनु भएको छ । त्यसैगरी कक्षा ९ को मनिटरमा मन्दिप खतिवडा र सहायक मनिटरमा सोहन कोईराला निर्विरोध निर्वाचित हुनुभएको छ ।
कक्षा ८ को मनिटरमा २० मत प्राप्त गरी सदिक्षा बुढाथोकी निर्वाचित हुनुभएको छ । वहाका प्रतिस्पर्धी प्रकृती बस्नेतले १५ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै सहायक मनिटरमा २३ मत प्राप्तगरी अनुप गजुरेल निर्वाचित हुनुभएको छ भने वहाका प्रतिस्पर्धी सन्ध्य लोक्तामले १२ मत प्राप्त गर्नुृ भएको थियो ।
कक्षा ७ को मनिटरमा दुइृ जना प्रतिस्पर्धीृ मध्ये २० मत प्राप्तगरी विशाल अधिकारी निर्वाचित हुनु भएको छ भने सहायक मनिटरमा २५ मत प्राप्तगरी निश्चल धिताल निर्वाचित हुनुभएको छ ।
कक्षा ६ ए को मनिटरमा युकेल राई निर्विरोध निर्वाचित हुनुभएको छ भने सहाएक मनिटरमा २४ मत प्राप्तगरी अनिल खतिवडा निर्वाचित हुनु भएको छ । कक्षा ६ बि को मनिटरमा ६ जना प्रतिपष्र्धीलाई पछि पार्दै ९ मत प्राप्तगरी जेम्स थापा निर्वाचित हुनु भएको छ भने सहायक मनिटरमा ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै १० मत प्राप्तगरी प्रनिशा अधिकारी निर्वाचित हुनुभएको छ ।
कक्षा ५ ए को मनिटरमा ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ८ मत प्राप्तगरी साजन लिम्बु निर्वाचित हुनु भएको छ भने सहायक मनिटरमा ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ प्राप्तगरी श्रेना गुरुङ्ग निर्वाचित हुनुभएको छ । त्यसैगरी कक्षा ५ बी को मनिटरमा ३ जना प्रतिपष्र्धीलाई पछि पार्दै २५ मत प्राप्त गरी आरोस लिम्बु निर्वाचित हुनुभएको छ भने सहायक मनिटरमा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै ९ मत प्राप्तगरी कुसल पोख्र्रेल निर्वाचित हुनुभएको छ ।