logo
शुक्रबार, साउन २९ २०८३

आधारभुत स्वास्थ्य सेवा केन्द्र कमल ३ मा सेवा सुधार, MSS मूल्याङ्कनमा प्रगति


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २० २०८२

कमल । झापाकाे कमल गाउँपालिका ३  मा रहेको  आधारभूत स्वास्थ्य सेवा केन्द्र  सेवा सुधार, MSS मुल्यांकन प्रगतीमा  उल्ले खनिय सुधार भएको छ ।

आज वडा  कार्यालयकाे सभाहलमा  सम्पन्न अभिमूखीकरण  समीक्षा अनुगमन  तथा सुदृढीकरण कार्यक्रम का सहभागी हरूले साे कुरा बताउनु भएको हाे

वडा अध्यक्ष तथा  आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष  समेत रहनु भएका अग्नि प्रसाद  कोइरालाको सक्रिय नेतृत्वका कारण वडामा सन्चालनमा रहेको  स्वास्थ्य सेवाको गुणस्तर सुधारतर्फ महत्वपूर्ण प्रगति देखिएको  जनाएको छ ।

कार्यक्रम मार्फत  स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउने दिशा अझ लाग्नु  पर्ने  कार्यकमका सहभागीले बताउनु भयाे ।

कार्यक्रममा समितिका पदाधिकारीहरू, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन आधारभुत स्वास्थ्य सेवा केन्द्र ,केर्खा का प्रमुख टिकाराज बर्देवाले गर्नुभएको थियो भने कार्यक्रम को उदेश्य तथा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले व्यक्त गर्नुभएको थियो।

स्वास्थ्य सेवा जनताको पहिलो आवश्यकता भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभयो।

प्राविधिक सत्रमा जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले अघिल्लो आर्थिक वर्षको तुलनामा  चालू आर्थिक वर्षमा  सेवा सुधार भएको  बताउनु भयाे ।   अघिल्लो वर्ष ६८ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य सेवा केन्द्रले यस वर्ष ७३ प्रतिशत अंक हासिल गर्दै प्रगति उन्मुख रहेकाे पराजुलीले  उल्लेख गर्नुभयाे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष कोइरालाले  स्वास्थ्य सेवा जनताको पहिलो आवश्यकता भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै   सेवा विस्तारसँगै सेवाको व्यवहार पनि सुधार हुनुपर्छ भन्दै मुस्कानसहितको सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुहुँदै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी र जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend