कमल । झापाकाे कमल गाउँपालिकाका अध्यक्ष तथा पालिका खोप समन्वय समितीका अध्यक्ष हुकुम सिंह राई ले कमल गाउँपालिका १ नम्बर वडामा सन्चालित खोप केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा अध्यक्ष राईले खोप सेवा सञ्चालनको समग्र अवस्था, खोपको उपलब्धता, कोल्ड–चेन व्यवस्थापन, रेकर्ड तथा रिपोर्टिङ प्रणाली, सेवाग्राही मैत्री वातावरण लगायतका विषयमा अनुगमन गर्नुभएको थिय
अध्यक्ष राईले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै बालबालिका तथा आम नागरिकलाई पूर्ण खोप सुनिश्चित गर्न विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो।
त्यसैगरी खोप सेवा स्वास्थ्य क्षेत्रको अत्यन्त महत्वपूर्ण आधार हो, यसलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन भन्दै सेवा प्रवाहमा देखिएका कमीकमजोरी सुधार गर्न आवश्यक पहल तत्काल गर्न आग्रह गर्नुभयो। साथै, खोप केन्द्रमा आवश्यक पर्ने औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा गाउँपालिका सदैव तयार रहको प्रतिबद्धता व्यक्त गर्नुभयो।
अनुगमनका क्रममा जनस्वास्थ्य निरीक्षक देवराज पराजुलि, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वय सेविका तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले खोप सेवामा देखिएका केही चुनौतीहरू प्रस्तुत गर्दै समाधानका लागि समन्वयात्मक पहल आवश्यक रहेको बताएका थिए।
यस अनुगमनले खोप केन्द्रको सेवा गुणस्तर सुधार, सेवाग्राही सन्तुष्टि वृद्धि तथा नियमित खोप कार्यक्रमलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।