logo
शुक्रबार, साउन २९ २०८३

पतंजलि योग कमलले मनायो ११ औं वार्षिक उत्सव


  • उमानाथ भण्डारी
  • मंगलबार, फाल्गुन २६ २०८२

कमल । पतंजलि योग कमल गाउँ समितिको ११ र्औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कमल ३ स्थित सिंहदेवि मन्दिरको सभाहलमा आज विहान सम्पन्न वार्षिक उत्सव कार्यक्रमको उद्घाटन महिला पतंजलि योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौलाले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।
वार्षिक उत्सव कार्यक्रमको पुर्व संध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा कमल गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न योग साधना केन्द्र बाट सहभागी रहनु भएको थियो ।
समभागी टिम मध्ये प्रथम पञ्चदेव साधना केन्द्र कमल ७, द्घितिय सन्तानेश्वर साधना केन्द्र कमल ६ र तृतिय सिंहदेवी साधना केन्द्र कमल ३ रहेको आयोजकले जनाएको छ ।


कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका विभिन्न साधना केन्द्रमा नियमित उपस्थित हुने साधक साधिकालाई समेत पुरस्कृत गरिएको थियो ।
यसरी पुरस्कृत हुनेहरुमा मन्दिरा कटुवाल,गोमा दंगाल, लोक बहादुर अधिकारी , लिला शाही, , देबी कुमारी संग्रौला, सुमित्रा पौडेल ,होमादेबी भट्टराई ,चन्द्रकला गुरागाँईलाई पुरस्कृत गरिएको महिला पतंजलि योग समिति कमल की अध्यक्ष मिना ओझाले बताउनु भयो ।


पतंजलि योग कमल गाउँ समितिका अध्यक्ष तिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पतंजलि योग कोशी प्रदेश समितिका महामन्त्री लक्ष्मि प्रसाद काफ्ले , महिला पतंजलि योग झापा जिल्ला समिति अध्यक्ष प्रेमकला निरौला,सदस्य घनश्याम प्याकुरेल, दमक नगर महिला समिति अध्यक्ष उमा पाठक, सिंहदेवि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरी लगाएतले योगले मानव जिवनमा पुर्याएको फाईदाका बारेमा चर्चा गर्दै वार्षिक उत्सव सफलताको शुभकामना मन्तव्यक्त राख्नु भएको थियो ।
कार्यक्रम महामन्त्रि मोहनलाल खनालले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष प्रेम विमलीले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend