दमक / नेकपा एमालेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका बिभिन्न वडा तथा टोल स्तरमा निर्वाचन प्रचार समितिको कार्यालय धमाधम सञ्चालन गर्न थालिएको छ ।
जस अन्तर्गत आज कमल गाउँपालिकाको वाड्न ७ मा गेउरीया चौकमा नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन प्रचार कार्यालय आज उद्घाटन गरिएको छ । पार्टीका प्रदेश कमिटी सदस्य तथा भिम केरुङले उद्घाटन गर्नु भएको छ । आजैदेखि पार्टीका निर्वाचन लक्षित सम्पुर्ण तयारी यहीबाट सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यस वडाको भौगोलिक अवस्थालाई लक्षित गरेर अन्य निर्वाचन प्रचार कायालय सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । पार्टीको कमल गापामा यो नै पहिलो प्रचार कायालय सुरु गरिएको हो । अन्य वडामा समेत निरन्तर सबै वडामा चाँडै गरिने जनाइएको छ ।
पार्टीको वडा कमिटीका अध्यक्ष रामप्रसाद घिमिरेका अनुसार पार्टीका सबै निर्वाचन लक्षित कार्यक्रम व्यवस्थित गर्ने उदेश्यले पार्टीको योजना बमोजिम कायालय सुरु गरिएको जनाइएको छ ।