दमक । झापाको कमल गाउँपालिका ६ अन्र्तगत मंगलवारे मैनाखतामा नेकपा एमलेको निर्वाचन लक्षित गर्दै टोल कमिटीको भेला आज सम्पन्न भएको छ ।
भेलाले मोहिनी खनालको संंयोजकत्वमा ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । टोल कमिटीका अध्यक्ष शान्तिराम खतिवडाका अनुसार कार्यक्रममा एक सयभन्दा बढी नेकपा एमालेका स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रमुख अतिथी बेनु शिवाकोटीले अहिले नेकपा एमालेमाथि भ्रामक प्रचार गरेर भएको चौतर्फी आक्रमणको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
खासगरि झापा ५ लाई लक्षित गर्दै देशी बिदेशी शक्ती लागेर नेपाली जनतामा भ्रम र गलत प्रचार गरेर नेकपा एमाले र पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने प्रयास बिभिन्न रुपमा आएका छन् ।
अव झापाली जनताले यस्ता सबैखाले भ्रम बुझि सकेका छन् । जेएनजी उमेर समुहका युवा बालवालिका लाई उक्साएर राजनीति गर्नेहरुको कर्तुत सबै उदाङ्गो भइसकेको छ शिवाकोटीले भन्नुभयो । त्यसैले बिभिन्न आश्वासन र भ्रमलाई सामाजिक सञ्जालमा छरेर गरिखानेका राजनीति समाप्त भएको दावी गर्नु भयो ।
कार्यक्रममा टोल बिकास समितिका इञ्चार्ज किरण रेग्मीको समेत उपस्थिती रहेको थियो ।