logo
शुक्रबार, साउन २९ २०८३

निर्वाचनमा ब्यस्त एमाले


  • कुइनेटो न्युज
  • बुधबार, माघ १४ २०८२

गौरादह   । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का बिभिन्न स्थानमा नेकपा एमालेको निर्वाचन लक्षित भेला सम्पन्न भएका छन् ।
आज गौरादहको वाड्न ५ र ६ वडामा छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ । नेकपा एमाले गौरादह नगर कमिटीका अध्यक्ष गजेन्द्र घिमिरेका अनुसार मध्यान्ह्रमा वाड्न ६ को भेला सम्पन्न गरिएको हो । भेलाले १०१ सदस्यीय निवार्चन परिचालन समिति गठन गरिएको छ ।
राधाकृष्ण मन्दिरमा भएको पार्टीको भेलाले पार्टीका जिल्ला कमिटी सदस्य हरि ओझालाई निर्वाचन परिचालन समितिको संयोजक तोकिएको छ । करिव २ सय भन्दा बढीको उपस्थित रहेको भेलाले निर्वाचनमा वडा तथा टोल स्तरमा भएका गतिबिधि अध्ययन अनुगमन गरि टोलटोलका प्रत्येक घरघरमा पुग्ने गरि योजना तयार गरिएको वताइएको छ ।

यसैगरी अपरान्ह्र गौरादह नगरपालिकाको वाड्न ५ मा भएको पार्टीको भेलाले गीता अधिकारीको संयोजकत्वमा १०५ सदस्यीय निर्वाचन परिचलन समिति गठन गरेको छ । बालुबथानको जेष्ठनागरिक भवनमा भएको भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य दिपक कार्की रहनु भएको थियो ।
यसरी नै कमल गाउपालिका वाड्न १ को भेला आज नै सम्पन्न भएको छ ।
सयौँको सख्यामा उपस्थित भएको भेलाले पार्टीको प्रदेश कमिटी सदस्य वेनु शिवाकोटीको संजोकतत्वमा १०५ सदस्यीय समिति गठन गरिएको छ । पार्टी जिल्ला समिति सदस्य तथा कमल गाउँकमिटी इञ्चार्ज प्रेम प्रसाद पोख्रल समेतको उपस्थिती रहेको थियो । पार्टीको गाउँकमिटी अध्यक्ष हरि ढकालले दिएको जानकारी अनुसार भेलाले तत्काल अन्य उपसमिति गठन गरि निर्वाचन लक्षित रणनीति निर्माण गर्ने बताउनु भयो ।
यसैगरी पार्टीले दमक नगरपालिकाको १३ गते वाड्न १ र ६ को भेला समेत सम्पन्न गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य इन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको वाड्न १ को भेलाले १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । भेलाले मणी सुवेदीलाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । सोही दिन वडाको निर्वाचन कार्यालय समेत सुरु गरेको केन्द्रिय सदस्य इन्द्र भण्डारीले जानकारी दिनुभयो ।
सोही दिन दमकको वाड्न ६ मा समेत पार्टीको भेला सम्पन्न गरिएको छ ।
भेलाले ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
डाक्टर बुद्धीशेखर भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो । समितिले सोही दिन वडाको निर्वाचन परिचालन कार्यालय समेत सञ्चालन गरेको छ । केन्द्रिय सदस्य इन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न तहका चार सय भन्दा बढी कार्यकर्ताको सहभागित रहेको थियो ।

अनेमसंघको दमक नगरभेला सम्पन्न
दमक १४ माघ ÷ नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल महिला संघको दमक नगर कमिटीको भेला आज सम्पन्न भएको छ ।
दमक स्थित वाड्नं ६ मा भएको भेलाले अनेमसंघ नगर कमिटी अध्यक्ष मुना सिग्देलको संयोजकत्वमा १३५ सदस्यीय नगर चुनाव प्रचार समिति गठन गरिएको हो ।
सयौँ सख्यामा उपस्थित महिला भेलले निर्वाचनका अन्य रणनीतिक योजनाका बिषयमा समेत महत्वपुर्ण निर्णय गरिएको छ । कार्यक्रममा महिला भेलामा कुनै उदेश्य र नातागोता सम्बन्ध नभएका पाहुना भएर आएका उम्मेद्वार प्रतिस्पिर्धीहरुले दमकको भविष्य निर्माण गर्न नसक्ने बिषय जोडदारका साथ उठाइएको छ ।
भेलाको छलफलमा अधिकांश महिलाहरुले दमकको माटोसँग अन्य आयातित ब्यक्तिले बिकास निर्माण गर्न नसक्ने भएकाले सबैले नेकपा एमालेलाई मतदान गर्न समेत सबै मतदात समक्ष आग्रह गरेका छन् ।
कार्यक्रममा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष लिला दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम कमिटीकी अध्यक्ष मुना सिग्देलको अध्यक्षमा भएको कार्यक्रम सचिव तारा न्यौपानेले संञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend