logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा तीनदिने MNH Update कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, पुष ९ २०८२

कमल नगर अस्पतालमा तीनदिने MNH Update कार्यक्रम सम्पन्न

कमल । कमल नगर अस्पतालमा  तिनदिने  MNH Update कार्यक्रम सम्पन्न   भएको छ ।

पुस ६, ७ र ८ गते सम्म  सन्चालित तालिममा SBA तथा Non-SBA बर्थिङ्ग सेन्टरमा कार्यरत नर्सिङ्ग स्टाफहरूलाई लक्षित गरी मातृ तथा नवजात शिशु स्वास्थ्य (MNH) Update कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको हाे ।

कार्यक्रमको मुख्य उद्देश्य मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको हालको अवस्था मूल्याङ्कन, सेवा प्रवाहका क्रममा देखिएका कमजोरी तथा चुनौतीहरूको पहिचान, र न्यूनतम सेवा मापदण्ड (Minimum Standards) अनुसार सेवा सुधारका उपायहरू अवलम्बन गर्नु रहेको थियो। यस कार्यक्रममार्फत नर्सिङ्ग स्टाफहरूको ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको अस्पताल प्रमुख दिपक प्रसाद दहाल ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम स्वास्थ्य कार्यालय, झापाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, कमल गाउँपालिका स्वास्थ्य शाखा, कमल नगर अस्पतालका चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागितामूलक छलफल, प्रस्तुतीकरण तथा व्यवहारिक सिकाइमार्फत कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन पुस ८ गते, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य शाखा तथा अस्पतालका सम्पूर्ण कर्मचारीहरूबीच MNH सेवा सम्बन्धी स्कोरिङ्ग प्रस्तुतीकरण गरिएको थियो। सो अवसरमा कार्यक्रमकी फोकल पर्सन (नर्सिङ्ग अफिसर) विध्या न्यौपानेले MNH Update कार्यक्रमको उद्देश्य, सेवा मापदण्ड तथा कमल नगर अस्पतालको वर्तमान सेवा अवस्था सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

फोकल पर्सन न्यौपानेका अनुसार, सीमित स्थान र सानो भौतिक संरचना हुँदाहुँदै पनि कमल नगर अस्पतालले शुद्ध खानेपानी, विद्युत् व्यवस्थापन, सरसफाइ, आधारभूत सुविधा र बिरामीमैत्री सेवा प्रवाहमार्फत सेवाग्राहीको भरोसा जित्न सफल भएको छ। उहाँले अस्पतालमा परिवार नियोजन सेवाको उपलब्धता थप विस्तार, आवश्यक उपकरण तथा पूर्वाधार सुधार गर्न सकिएमा बर्थिङ्ग सेन्टरका लागि तोकिएका सबै न्यूनतम गुणस्तर कायम गर्दै गुणस्तरीय सेवा निरन्तर प्रदान गर्न सकिने स्पष्ट पार्नुभयो।

कार्यक्रमको समापन सत्रमा अ.न.मी. अञ्जना सापकोटाले अस्पतालमा हाल सञ्चालन भइरहेका मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको अवस्था बारे जानकारी दिनुहुँदै, तीनदिने MNH Update कार्यक्रमले व्यवहारिक रूपमा धेरै महत्वपूर्ण ज्ञान र सीप हासिल गर्न सहयोग पुगेको बताउनुभयो। उहाँले प्राप्त ज्ञानलाई दैनिक सेवामा व्यवहारिक रूपमा लागू गरी देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन मन्तव्यका क्रममा उहाँले कार्यक्रम आयोजना गरेको स्वास्थ्य कार्यालय, झापाप्रति विशेष धन्यवाद व्यक्त गर्नुका साथै प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षकहरू र कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरूलाई आभार प्रकट गर्नुभयो। सहभागीहरूको तर्फबाट धन्यवाद ज्ञापनसँगै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend