कमलगाउँपालिका वडा नं. ४ स्थायी ठेगानाभएका मौसम राई आफ्नो दिदीसँग बस्दै आएका छन् । उनी १२ वर्षको हुँदा नै पिताको मृत्यु भएको र आमाले पनि छाडेर गएकोले उनीहरु २ छोरा र २ छोरी एक अर्काको सहारा बन्दै त कहिले काका या अन्यआफन्तकोमा बस्दै जीवनगुजारा गर्दै आएको दिदि एलिना राई बताउछिन् ।
हालउनी २५ वर्षका भएभने दिदि २८ वर्षकीभईन् । लायन्स क्लव, अन्य सहयोगी संस्था÷व्यक्ति र गाउँपालिकाको सहयोगमा बनेको एउटा घरमा दिदिभाई बस्दै आएका छन् ।
२०७७ सालमाअपाङ्गता परिचयपत्रबनाउने सन्दर्भमा जवउनी भेटिए त्यो बेलाउनी शारिरीक तथा मानसिक अपाङ्गताको कारणले निकैकष्टकर जीवनव्यतित गर्देै गरेको पाइयो ।
१२वर्षको उमेरमा काकाको घरमा बसेको बेलामिलको फित्तामा बेरिए पछिको समस्या उपचार गर्दागर्दै अन्य समस्याहरु थपिंदै गएपछि हालउनी पूर्ण अशक्त अपाङ्गताको पहिचानधारी भए ।
त्यसमापनि बाबुआमा नहुनु अहिले खायो भरे के खाउँको अवस्था,अर्काको घरमा बसेको, भाडा तिर्न नसकेको अवस्था, निकै दयनिय अवस्थारहेको पाईयो । गाउँघरबाट छिमेकीहरुले विभिन्न सहयोग गरेको तथा घरबेटीले भाडासमेत छुट गरेको निजकी दिदिले जानकारी गराईन् ।
जव भाडाको घर देखी विभिन्न संघसंस्था तथा गाउँपालिका वडा कार्यालय मिलेर बनाईदिएको घरमा उनहिरु बसे तव शारिरीक अवस्थामा केही सुधार भएको पाइयो । यसको कारण भनेको औषधि सेवन र मानसिक रुपमा आफ्नो घर हुनुको खुसीले हुनसक्ने कुरा दिदिले बताउछिन् ।
नियमित औषधि नखाएकोले निजको मानसिक अवस्था ठीक नभएको पाइयो । हाल घरमा झ्याल फुटाउने, ढुंगा बटुल्ने र अन्य अनियन्त्रित कामगर्ने गरेको र दिदिलाई समेत समस्या मापारेको दिदि एलिना बताउनछिन् ।
भाइलाई धेरै समस्या भएको छ मनकारीहरुले भाईलाई कतैलगेर उपचारको उपचार गरिदिन दिदि एलिनाले अनुरोध गरेपछि गाउँपालिकाको आर्थिक सहयोगमा कोशीअञ्चल अस्पताल विराटनगर लगिएको छ भने कोशीअञ्चल अस्पतालले निशुल्क उपचार गरिदिने भएको छ । यस कार्यमा मुख्यसमन्वयकारी भुमिका राष्ट्रिय अपाङ्गमहासंघ विराटनगरका अध्यक्षले गर्नुभएको छ भने आर्थिक सहयोग गाउँपालिक ाअध्यक्षले गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
मौसम राईको यस अवस्थाको बारेमा जव २०७७ असोज महिनाबाट जानकारी भयो त्यही समयदेखी नै गाउँपालिकाको तर्फबाट विभिन्न सहयोग हुँदै आएको छ । तत्कालिन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संघसंस्था व्यक्तित्वहरु, राष्ट्रिय अपाङ्गमहासंघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु समेत समय समयमा भेटेर साथ सहयोग र समन्वयगर्दै हालआएर उपचारमा सहयोग गरिएको र निजको स्वास्थ्यअवस्थामा अपेक्षित सुधार हुने अपेक्षा गरिएको छ ।
लेखक ः रेनुका गौतम कमल गाउपालिका ,महिला तथा बालबालिका शाखा प्रमुखमा कार्यरत हुनुहुन्छ