कमल । आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–१मा नि:शुल्क गर्भ परीक्षण ( pregnancy test) सेवा विस्तार भएको छ ।
कमल गाउँपालिका वडा १ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र बासबारीमा सुरक्षित मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्ररम्भिक चरणमै गर्भवती भएको वा नभएको जाँच गरि स्वास्थ्य संस्थामा नै ८ पटक सम्म गर्भ जाँच गर्नका लागि प्रोत्साहन गर्ने उद्देशले गर्भ परिक्षण ( pregnancy test ) सम्बन्धि सेवा विस्तार कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम वडाअध्यक्ष तथा स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष केदार कटुवालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
कार्यक्रममा गर्भ परिक्षण कीट तथा पिसाब कन्टेनर वडा अध्यक्ष कटुवालले स्वास्थ्य संस्था लाई हस्तान्तरण गरि विधिवत रुपमा सेवा विस्तार भएको घोषण गर्नु भएकाे थियाे ।
महिलाहरुले आफ्नो महिनावारि रोकिए पछि गर्भ परिक्षण गर्नाका लागि अन्यत्र जानू पर्ने बाध्यता रहेको, साथै वडामा रहेका केही सीमान्तकृत पिछडिएका समुदायलाई समेत समेटि स्वास्थ्य संस्था मार्फत गर्भ परिक्षण कीट सेवाले समुदायमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा अध्यक्ष कटुवालले बताउनु भयाे ।

प्रोटोकलनुसार ८ पटक गर्भ जाँच गर्नाले आमा र बच्चाको दुबैको स्वास्थ्यमा लाभ पुग्ने ..गर्भवती महिलाले उचित समयमा फोलिड एसिड, आईरन चक्की क्याल्सियम सेवन गर्नाले जन्मजात हुने अपाङ्गता बाट बचाउन सकिने र सुत्केरी घर भेट कार्यक्रम समेत प्रभाकारी रुपमा सन्चालन हुने अनमि विन्द्रा राई ले बताउनु भयो
गत असाेज २८ गतेको स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितीको निर्णयनुसार सेवा विस्तार गरिएको हो
कार्यक्र्ममा समितीका सदस्य किशोर भण्डारी, अम्बिका कार्कि, महिला स्वास्थ्य स्वयं सेविका देबिमया गौतम , कुमारी बस्कोटा ,कर्मचारी बालकुमारी पन्डे,लगाएत सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीका अनुसार जनस्वास्थ्यको क्षेत्रमा स्वास्थ्य केन्द्र मार्फत गुणस्तरीय सेवा प्रदान गर्न सकिने र सेवामा कुनै कमि हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।