logo
शुक्रबार, साउन २९ २०८३

सुनचाँदी ब्यबसायी संघ द्वारा ३ जना महिला फुटबल खेलाडी सम्मानीत


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक २३ २०८२

शिवसताक्षी । शिवसताक्षी सुनचाँदी ब्यबसायी संघले आज ३ जना राष्ट्रिय महिला फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ ।

संघले शिवसताक्षीमा जारी एलभिडि प्रथम महिला गोल्डकपमा बिभिन्न क्लबबाट प्रतिनिधित्व गर्ने दलित समुदायका ३ खेलाडीहरुलाई सम्मन गरेको छ। यसरी सम्मानित हुनेमा बिमला बिक, मनमाया परियार र साबित्री किसान रहेका छ्न ।

उनिहरुलाई संघका अध्यक्ष टेक बहादुर सिन्चेउरी लगायत पदाधिकारीहरुले नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।
जस्मा तनहुँ ,दमौली निवासी बिमला बिक राष्ट्रिय टिम संगै त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्छिन भने द्वोय मनमाया परियार र साबित्री किसान स्याङ्जा को वालिङ्ग घर भै एपीएफ क्लबको प्रतिनिधित्व गर्दै खेलिरहेका छ्न। मनमाया भने राष्ट्रिय टिमको समेत सदस्य हुन ।

शिवसताक्षी नगरपालिका ११ स्थित दूधेमा जारी एलभिडी झापा महिला गोल्डकपको फाईनलको अघिल्लो दिन झिलझिलेमा एक कार्यक्रमको आयोजना गरि शिवसताक्षी सुनचाँदी ब्यबसायी संघले दलित समुदायको छोरीहरुले फुटबल खेलको क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको र थप हौसला होस भन्दै नगदसहित सम्मान गरेको शिवसताक्षी सुनचाँदी ब्यबसायी संघका उपाध्यक्ष रोमन लाम्गादेले जानकारी दिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सिन्चेउरीले सम्मानित खेलाडीहरुलाइ शुभकामना शुभेच्छा संगै खेल प्रति थप जिम्मेवार हुन आग्रह गरे।

सम्मान ग्रहण गरे पस्चात सम्मानित बिमला बिकले यो सम्मानले आफुहरुलाई थप उर्जा र हौसला मिलेको भन्दै यो सम्मानको सधै कदर गर्ने बताइन ।सम्मानित हुनेहरुले भने यस्तो सम्मान पहिलो पटक पाएको भन्दै हर्षित भएका थिए ।

सम्मानपत्रमा फुटबल क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि फुटबलर बिक, परियार र किसानको योगदान रहोस् भन्ने कामनासहित शुभेच्छा प्रकट गरिएको छ ।

मनमाया र साबित्री अहिले सशस्त्र प्रहरीको एपिएफ एफसीबाट फुटबल खेलिरहेका छन् । उनीहरुको क्लब झापामा जारी महिला गोल्डकपमा फाइनल प्रवेश गरेको छ । भने बिमला आबद्ध क्लब त्रिभुवन आर्मी भने एपीएफ क्लब संग ट्राइबेकरमा पराजित भए संगै बहिरिएको छ । यी खेलाडीहरुले करिब ८ बर्ष लामो समयदेखि फुटबल क्षेत्रबाट नेपालको प्रतिनिधित्व गरि बिभिन्न देशमा आ -आफ्नो खेल कौसल प्रस्तुत गरिसकेका छन ।
उक्त सम्मान कार्यक्रममा शिवसताक्षी सुनचाँदी ब्यबसायी संघका पदाधिकारी तथा ब्यबसायीहरु हरिशंकर सिल्वाल,योगेश सिन्चेउरी, भरत पोर्तेल,हर्क पोर्तेल, समाजसेवी पुर्ण लकान्द्री संचारकर्मी गोबिन ल्वागुन लगयतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend