डुडामारी । शिवसताक्षी ८ स्थित डुडामारी समाजसेवी क्लबले शनिबार आफ्नो बार्षिक आय- ब्यय सार्बजनिक गरेको छ ।
क्लबले शनिबार एक साँगितिक कार्यक्रमको आयोजना गरेर ६७ हजार ३ सय ३१ रुपैया बचत रहेको आय- ब्यय क्लबका कोषाध्यक्षा सन्दिप भण्डारीले जानकारी गराउनु भयो । उहाको अनुसार क्लबले ०८१/०८२को असार मसान्त सम्म्मा ३ लाख१३ हजार ५ सय ६४ रुपैया आय गरेको र २ लाख ४६ हजार २ सय ३३ रुपैया खर्च गरेर माथी उल्लेखित रकम बचत गर्न सफल भएको बताउनु भयो ।
सार्बजनिक गरिएको खार्च रकमबाट क्लबले केहि समय अघि चाड पर्वलाइ लक्षित गरेर समाजमा हुन सक्ने अवान्चित घटनाहरुलाई न्यूनीकरण गर्न डुडामारी आस पासमा ९ थान सि सी क्यामेरा जडान गरेको , डुडामारी उत्तर तर्फको खेल मैदान पुन निर्माण , डुडामारी आसपास हात्ती प्रभावित क्षेत्रको एसियन हाइवे क्षेत्रमा सडक बत्ती जडान, फलामको स्टेज निर्माण र ६ थान टेबल खरिद गरिएको कोषाध्यक्ष द्वरा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।

त्यसै गरि सो अवसरमा स्थानीय अन्डर – १८ का युवाहरुको लालीगुराँस ब्याण्ड्ले साँगितिक प्रस्तुति दिनुका साथै प्रतियोगियात्मक नृत्य समेत प्रस्तुत गरि उपस्तिथित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुको साथै क्लबको श्रीवृद्धि देउसे खेलेर आर्थिक संकलन गरिएको थियो ।

शिवसताक्षी ८ का वडाध्यक्ष सन्त फेउदेनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानीय ब्यबसायी, सामाजिक तथा धार्मिक ब्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा क्लबक अध्यक्ष सन्त आङ्देम्बेको आध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष ख्याम उप्रेतीले र कार्यक्रम संचालन कार्यबाहक सचीव शान्ति तामाङ्ले गर्नु भएको थियो ।