कमल । झापाको कमल गाउँपालका ७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रले आफ्नो नियमत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा आमा डेण्डल प्रा.लि. दमकको प्राविधिक सहयोगमा गरिएको असोज महिनाको नियमित स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत लखनपुर नमुना वोडिङ्ग स्कुल र न्युटन ईङ्गलिस वोडिङ्ग स्कुलका विध्यार्थिको दाँत सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको थियो ।

डा. मिरा आचार्य तथा सिनियर अनमी हेमा देबी मगरको प्राविधिक टोलीको सहयोगमा विध्यालयमा आयोजनामा गरिएको स्वास्थ्य परिक्षणमा १ सय ५० जना विध्यार्थीको दन्त परिक्षण तथा उपचार गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अमृत सुब्बाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा वडा सदस्य टंक पसाद काफ्लेको समेत उपस्थिती रहेको थियो