कमल । कमल गाउँपालिका २ मा कुष्ठरोग सम्बन्धी खोजपड्ताल घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय समुदायमै पुगेर कुष्ठरोगका लक्षण, कारण, सरुवा हुने तरिका र उपचारबारे जनचेतना जगाउने उद्देश्यले गरिएको यो अभियान वडाका सबै टोलमा पुगेर शंका लागेका बिरामीहरूको प्रारम्भिक परीक्षण समेत गर्दै अभियान सम्पन्न भएको हो ।
घरदैलो कार्यक्रम कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दहालको नेतृत्वमा, स्वास्थ्यकर्मीहरू अहेव पुर्ण कुमार ताजपुरिया, पन्जिका थापा मगर “रुजु”, कमल अपाङ्गता समितिका पदाधिकारी पिताम्बर खड्का, लंका खड्का, श्याम श्रेष्ठ, महिला स्वास्थ्य स्वयंसेविका तथा टोल विकास समितिका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो ।
वडा नम्बर २ अन्तर्गतको थापा टोल र नवोदय टोलबाट भाद्र १७ गते सुरु भएको कार्यक्रम क्रमशः वडामा रहेका समयगढ, प्रगती, ज्योती , छलफल , सेतुमारी,भुत्लुङ्ग र देविचौन टोल विकास सस्था सम्म पुगेर खोजपड्ताल घरदैलो अभियान सम्पन्न भएको छ । नेपाल कुष्ठरोग सङ्गति झापाले अभियान सफल बनाउन निरन्तर सहयोग गरेकोमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिह राईले आभार सहित धन्यवाद दिनुभएको थियो ।
अभियानलाई सफल बनाउन नेपाल कुष्ठरोग सङ्गति झापा (ल्ीँ) को सक्रियता र योगदान उल्लेखनीय रह्यो । लामो समयदेखि कुष्ठरोग निवारणमा निरन्तर काम गर्दै आएको ल्ीँ ले यसपालि पनि कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रविधिक मार्गदर्शन, जनचेतनामूलक सामग्री र तालिम प्राप्त जनशक्ति उपलब्ध गराएको थियो ।

ल्ीँ को निरन्तरको प्रतिबद्धताले समुदायमै पुगेर कुष्ठरोगबारे सही जानकारी फैलाउने, बिरामी पहिचान गर्ने र उपचारमा सहज पहुँच बढाउने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।
कुष्ठरोग खोजपड्ताल अभियान कार्यक्रमले समुदायमा कुष्ठरोग सम्बन्धी भ्रम, त्रास र विभेद अन्त्य गर्न ठूलो योगदान पु¥याउने वडा अध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।