logo
शुक्रबार, साउन २९ २०८३

पुर्व प्रधानमन्त्री ओली द्वारा केर्खामा चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन


  • उमानाथ भण्डारी
  • बिहिबार, असार १६ २०७९

कमल ,असार १६। झापाको केर्खामा चौथो राष्ट्रिय रिङ रेस्लिङ   च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री केपी ओली द्वारा हुने कार्यक्रम तय भएको छ ।
प्रतियोगिताको उद्घाटन असार १८ गते शनिवार दिनको १२ बजे कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयको खेल मैदानमा पुर्व प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मदन भण्डारी जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा प्रतियोगिताको तयारी सुरुगरिएको जानकारी दिदैं संधकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न पाँच वटा विभामा खेलाडीहरु पुरस्कृतहुने छन् ।
प्रतियोगितामा हेवीवट च्याम्पियनले १ लाख २५ हजार, हार्डकारको विजेताले नगद १ लाख , मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाईटवेट च्याम्पियनले नगद ६० हजार , ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको याम्पियनले नगद ७० हजार रुपैया प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
तयारी अन्तिम चरणमा


मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा हुन लागेको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुने स्थानको तयारी अन्तिम चरणमा पुगेको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयको खेल मैदानमा हुन लागेको प्रतियोगितामा अतिथी तथा दर्शककालागी बस्ने स्थानको तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापन समितीका सदस्य चक्र गुरुङ्गले बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend