कमल । झापाको कमल गाउँपालिका २ मा कुष्ठरोग सम्बन्धी घरदैलो खोजतलास अभियान सुरु भएको छ ।
“कुष्ठरोग लाग्यो भने निको हुँदैन” भन्ने पुरानो भ्रमलाई तोड्दै, “समयमै उपचार गरे यो रोग पूर्ण रूपमा निको हुन्छ” भन्ने सन्देशसहित कमल गाउँपालिका २ मा मंगलवार देखी कुष्ठरोग सम्बन्धी घरदैलो खोजतलास कार्यक्रम सुरु भएको छ ।
कमल अपाङ्गता समितिको अगुवाइ, कमल नगर अस्पतालको प्राविधिक नेतृत्व, तथा नेपाल कुष्ठरोग सङ्गति झापा (ल्ीँ) को सहयोगमा सुरु अभियान सुरु गरिएको हो ।
अभियानले समुदायमा कुष्ठरोग सम्बन्धी सचेतना, पहिचान र उपचार सुनिश्चिततर्फको महत्वपूर्ण प्रयासका भएको अभियानमा सहभागी हरुले बताउनु भएको छ ।

अभियानमा कमल अपाङ्गता समितिका पिताम्बर खड्का, लन्का खड्का, श्याम श्रेष्ठ, कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दाहाल, स्वास्थ्यकर्मीहरू, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास समितिका पदाधिकारीहरू लगायतको उपस्थितीमा घरदैलो अभियानको पहिलो दिन थापा टोल र नवोदय टोलका घर घरमा पुगेर सञ्चालन गरिएको थियो ।
घरदैलो टोलीले समुदायमा पुगेर कुष्ठरोगका लक्षण, सरुवा हुने तरिका, रोगप्रति समाजमा देखिने गलत धारणा, समयमै उपचार गरे पूर्ण निको हुने जानकारी राउनुका साथ शंकास्पद बिरामीहरूको स्थलमै प्रारम्भिक जाँच गरिनुका साथै जानकारी मूलक पम्पलेट वितरण गरिएको थियो ।
“कुष्ठरोगका शंकास्पद बिरामीलाई खोजी गरी उपचारको दायरामा ल्याउनु नै कार्यक्रमक उद्देश्य भएकोले समाजमा अझै यसप्रति त्रास र विभेद छ त्यसलाई घरदैलो अभियानले जनचेतना फैलाउने वडा अध्यक्ष अशोक सुब्बले बताउनु भयो ।