logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा रहेको प्रतीक्षालय एनएमबी बैंकको सहयोगमा थप व्यवस्थित बनाईदै


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र ९ २०८२

फाईल तस्बिर

कमल । झापाको कमल नगर अस्पतालमा बिरामी तथा कुरुवाहरूको सहजताका लागि एनएमबी बैंकद्वारा निर्माण गरिएको प्रतीक्षालय (कुरुवा घर) अहिले थप व्यवस्थित र रोगीमैत्री बनाउन पहल सुरु गरिएको छ ।

मिति २०८० साल जेठ ४ गते एनएमबी बैंक, केर्खा शाखाले १ लाख ८० हजार रुपैयाको लागतमा निर्माण सम्पन्न गरी बिधिवत् रूपमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई मार्फत अस्पताललाई हस्तान्तरण गरिएको प्रतीक्षालयलाई अझ व्यवस्थित र सेवाग्राही मेत्री बनाउन पहल सुरु गरिएको छ ।

प्रतीक्षालयलाई अझ व्यवस्थित बनाउने र अस्पतालमा आउने विरामीका कुरुवालाई सहजता बनाउन गाउँपालिका अध्यक्ष हुकुमसिंह राई लागी पर्नु भएको छ ।

पालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउनुका साथै अस्पतालको सेवा विस्तार पूर्वाधार सुधार र व्यवस्थापनमा निरन्तरता दिदै आउनु भएको छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका कमल २ का वडा अध्यक्ष अशोक सुब्बाले प्रतीक्षालयमा बस्ने अझ सहज बनाउदै सो ठाउमा पंखा जडान गर्नु पर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्षालयको अवलोकनका क्रममा एनएमबी बैंक, केर्खा शाखाका प्रबन्धक चित्र न्यौपानेले आफुलाई प्रापत सुझाप सकारात्मक रुपमा लिँदै सम्भव भएसम्म दशै अघि नत्र तिहार पछाडी सम्ममा प्रतिक्षालयमा थप संरचना जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend