logo
शुक्रबार, साउन २९ २०८३

सवारी दुर्घटनामा परी मुनाको मृत्यु


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र ३ २०८२

कमल । सवारी दुर्घटनामा परी आज विहान एक महिलाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत आज हिान ८ बजे दमक ७ पशुहाटडाँडा स्थित पुर्व पश्चिम लोकमार्गमा भएको दुर्घटनामा परि झापाको कमल गाउँपालिका ५ सितापुरी निवासी मुना गौतमको घटना स्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटर साईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटर साईकलमा सवार अन्दाजी बर्ष ४२ की मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालक मृतकका श्रीमान बर्ष अन्दाजी ४३ का सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागेकोले दमक अस्पतालमा उपचार भै रहेको छ ।

ट्रक चालक तेह्रथुम लालिगुँरास नगरपालिका ४ बस्ने बर्ष २५ को आङदावा शेर्पा , ट्रक र मोटर साईकल इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेकोछ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend