logo
मंगलबार, कार्तिक ११ २०८३

अध्यक्ष राई द्वारा स्वास्थ्य सस्थाहरुको अनुगमन र निरीक्षण


  • कुइनेटो न्युज
  • मंगलबार, साउन २७ २०८२

कमल । कमल गाउँपालिकाको स्वास्थ्य सेवालाई गुणस्तर र प्रभावकारी बनाउदै गाउँबासी सबै नागरिकलाई सहज र गुणस्तर स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागी परेको छ ।

कमलवासी सम्पुर्ण नागरिकलाई सहज रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन गाउँपालिका लागिरेका बेलामा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन पालिका अध्यक्ष हुकुमसिंह राई लागी पर्नु भएको छ ।

आफ्ना पलिका भित्र सञ्चालनमा रहेका आधारभुत स्वास्थ्य सेवा केन्द्रको अवस्था बुझ्न र सञ्चालन भैरहेका स्वास्थ्य केन्द्रमा सेवा थपकासाथै निर्माण हुँदै गरेका भौतिक संरचनाको अवस्था बुझ्न अध्यक्ष राईले स्थलगत निरिक्षण गर्नु भएको छ ।स्थलगत निरीक्षणका क्रममा अध्यक्ष राईले स्वास्थ्य सेवा विस्तारको योजनालाई तीव्रता निर्दै स्वास्थ्य सेवालाई थप सहजता बनाउने घोषणा गर्नु भएको छ ।

अध्यक्ष राईका साथमा वडा अध्यक्ष पृथ्वी पति राई, स्वास्थ्य शाखा प्रमुख बिमल थापा, कमल नगर अस्पताल प्रमुख दिपक प्रसाद दाहाल, सिएएनएम निरीक्षक हेमा देवी मगरले कमल ७ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कर्मचारीको अवस्था ,ल्याब सेवा विस्तार, जनशक्ति र प्रविधि व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो ।कमल ७ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको अवलोक पति यस केन्द्र छिट्टै ल्याब सेवा सञ्चालन गरिने बताउनु भयो ।

त्यसैगरी निरीक्षण क्रममा कमल ६ स्थित लखनपुर स्वास्थ्य चौकीको निर्माणाधीन भवन निरीक्षण गर्नुका साथै स्वास्थ्य चौकीको समेत निरिक्षण गर्नुका साथै र त्याहा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्नुभयो । सेवा सुधारका लागि कर्मचारीको सुझाव संकलन गर्दै अध्यक्ष राईले लखनपुर स्वास्थ्य चौकी प्रमुख बिषर्जन मोक्तानले हालका सेवा र पूर्वाधार अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै थप उपकरण र सामाग्री आवश्यक रहेको जानकारी गराउनु भएको थियो ।

पालिका भित्र सञ्चालनमा रहेका स्वास्थ्य सस्थाहरुको “पूर्वाधार विस्तार, आधुनिक उपकरण थप्ने र जनशक्ति व्यवस्थापन गर्ने कार्यलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend