logo
शुक्रबार, साउन २९ २०८३

कमल २ मा दन्त परिक्षण , नियमित खोप कार्यक्रम र स्तनपान सप्ताहको सुरू


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन १६ २०८२

कमल । झापाको कमल गाउँपालिका २ मा आज स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम सम्पन्न  भएको छ ।

कमल गाउपालिका २ काे   आयोजना तथा     दमक स्थित थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा  कमल २ स्थित पाथिभरा बोर्डिङ इङ्लिस   स्कुलमा अध्यायनरत  विद्यार्थीहरूको लागि दन्त स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयमा हरेक महिनामा नियमित रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत यसपटक मुख तथा दन्त स्वास्थ्यमा केन्द्रित परीक्षण गरिएको थियो।

शिक्षक,अभिवावक र विद्यार्थी गरि ४५० र बिध्यालय का शिक्षक र अभिभावकको पनि स्वास्थ्य परीक्षण गरिएक वडा अध्यक्ष अशोक सुब्बाले  बताउनु भयाे ।

कार्यक्रममा वडा सदस्य कल्पना राई , भीमसिंह कार्की , विद्यालयका प्रधानाध्यापक राम आङ्देम्बेले लयायतकाे सहभागीता रहेको थिया ।

 

त्यसैगरी, कमल नगर अस्पतालको समन्वयमा सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम अन्तर्गत साउन १५ गते भुत्लुङमा र साउन १६ गते कमल नगर अस्पताल खोप केन्द्रमा नियमित खोप सेवा सम्पन्न गरिएको छ। शुन्य  देखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप स्वास्थ्यकर्मी पञ्जिका थापा मगर र रञ्जु बरालद्वारा प्रदान गरिएको थियो।

यसैबीच, विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा कमल नगर अस्पतालमा नवजात शिशुकी आमाहरू र गर्भवती महिलाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न्न गरिएको छ। कार्यक्रममा स्तनपानका महत्व, विधि, सुत्केरी तथा शिशु स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारीहरू सी.ए.एन.मी. निरीक्षक गीता मग्रातीद्वारा प्रस्तुत गरिएको थियो।

यी सबै कार्यक्रमहरूले कमल गाउँपालिकाको जनस्वास्थ्य क्षेत्रमा सेवा पहुँच, सचेतना र नागरिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend