logo
शुक्रबार, साउन २९ २०८३

कमल ४ मा सर्पदंश सम्बन्धी अभिमुखिकरण


  • कुइनेटो न्युज
  • मंगलबार, साउन १३ २०८२

कमल । कमल गाउँपालिका ४ मा सर्पदंश सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँ पालिका स्वाथ्य शाखाको आयोजना र सहारा नेपालको संयुक्त समन्वयमा कमल गाउँपालिका ४ मा सर्पदंश सम्बन्धी एक दिने जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय बासिहरुमा सर्पदंश सम्बन्धी जोखिम न्यूनीकरण र तत्कालीन प्राथमिक उपचारका विषयमा सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिनु थपा तथा सहारा नेपालका प्रशिक्षक शशी कर्णद्वारा जानकारीमूलक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सर्पदंशबाट हुने जोखिम, त्यसका कारण, समयमा अस्पताल पु¥याउनुका महत्व घरेलु भ्रम र मिथकहरुबारे प्रष्ट पार्दै व्यवहारिक रूपमा प्राथमिक उपचार सिकाइएको थियो ।

अभिमुखिकरणमा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई को अध्यक्षतामा भएको कार्यक्रममा ,टोल बिकास सस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, बिध्यालयका शिक्षक प्रतिनिधि महिला स्वास्थ्य स्वयंसेविका, फेयरमेड प्रतिनिधिहरु स्थानीसमुदायका अगुवा लगायत ५० जनाको सहभागी रहेको थियो ।
सहभागीहरुले कार्यक्रममा सिकेका कुरालाई समुदायमा पनि फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नम्बर ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई को अध्यक्षतामा भएको कार्यक्रमको औचित्य र उद्देश्य बारे सहारा नेपालका कार्यक्रम संयोजक पबन राइले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend