कमल । कमल गाउँपालिकाकोले पालिका भित्रका जेष्ठ नागरीकलाई उपहार स्वरुप कृत्रिम दाँत प्रदान गरेको छ ।
गाउँपालिका अन्तरगत सामाजिक विकास शाखाको आर्थिक अनुदान तथा आमा डेन्टल केयर प्रा.लि.दमकको प्राविधिक सहयोगमा जेष्ठ नागरीकलाई दाँत उपहार दिएको हो ।
गाउँपालिकाका सात ओटा वडाहरु बाट छनौट हुनु भएका २२ जना ज्येष्ठ नागरिकहरूलाई कृत्रिम पुरासेट दाँत उपहार कार्यक्रम अन्तर्गत दाँत लगाएको सामाजिक विकास शाखा प्रमुख रिता कार्कीले जानकारी दिनुभयो ।