कमल । झापाको कमल गाउँपालिकामा शुक्रवार नसर्ने रोग रोगथाम व्यवस्थापन तथा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा र कमल गाउँपालिका स्वास्थ्य शाखाको संयोजनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख र स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
नसर्ने रोगहरू भनेका यस्ता रोगहरु हुन् जो आफै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर दीर्घकालिक रुपमा असर गर्ने गम्भीर प्रकारका रोगहरु हुने गर्दछन् । जसले लामो समय सम्म सताउन गर्दछ । नसर्ने रोगहरूको मुख्य कारण भनेको गलत जीवनशैली, गुणस्तरहिन खानपान आहार र व्यायामको कमी, मद्यपान, धूम्रपान, मानसिक तनाव र वातावरणीय प्रदूषण लगायतका कारणले यस्ता रोगहरु लाग्ने गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक विश्वनाथ श्रेष्ठले बताउनु भयो ।

नसर्ने रोगहरुमा मुटु सम्बन्धि रोग जसका कारण हृदय र रक्तवाहिनी प्रणालीमा समस्या आउने गर्दछ र मानिसलाई हृदयघात स्ट्रोक, उच्च रक्तचाप गराउने गर्दछ । त्यसैगरी क्यान्सर पनि नसर्ने रोगमा पर्दछ जुन रोगका कारण शरीरका विभिन्न अंगहरु अनियन्त्रित वृद्धि हुने जसले समय सँगै शरीरलाई प्रभावित गर्न सक्छ । सबै प्रकारका क्यान्सरको कारण फरक हुन सक्छ, तर प्रायः धूम्रपान, अस्वस्थ आहार र वातावरणीय कारण नै यो रोग लगाउने प्रमुख कारण भएको निरिक्षक श्रेष्ठले बताउनु भयो ।
डायबिटिज (सुगर) राग हो यसले शरीरको इन्सुलिन उत्पादन कार्यमा समस्या ल्याउछ जसले रगतमा ग्लूकोजको स्तरलाई नियन्त्रण गर्न गाह्रो बनाउँछ र मानिसलाई विभिन्न समस्या निम्त्याउछ । त्यस्तै स्वासप्रश्वास पनि एक किसिमको नसर्ने रोगमा पर्दछ जसका कारण दम लगायतका दीर्घकालिक रुपमा स्वासप्रश्वास सम्बन्धि समस्या आउने गर्दछ । पछिल्लो समय मानसिक रोग पनि विकसित हुदै छ यस रोगले चिन्ता, तनाव र अन्य मानसिक समस्या ल्याउने गर्दछ ।
नसर्ने रोगको मुख्य कारण अस्वस्थ आहार, खानामा अत्यधिक चिनी, नुन र बोसो ,मद्यपान र धूम्रपान मानसिक तनाव र चिन्ता, वातावरणीय प्रदूषण पर्दछन् । यस्ता रोग बाट बच्नकालागी नयमित व्यायाम,स्वस्थ आहार र पोषण,नियमित स्वास्थ्यको परिक्षण परीक्षण भएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनु थापाले बताउनु भयो ।