logo
शुक्रबार, साउन २९ २०८३

कमलमा अपाङगता रोगथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धि वार्षिक समिक्षा सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, असार १९ २०८२

कमल । झापाको कमल गाउँपालिकामा अपाङगता रोगथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धि वार्षिक समिक्षा सम्पन्न भएको छ ।

महिला बालबालिका शाखाको आयोजनामा पालिकाको सभाहलमा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

महिला बालबालिका शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, विभिन्न शाखाका शाखा प्रमुख, सरोकारवाला निकायका प्रतिनिधी हरको बिच समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय तहको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरु, महिला तथा बालबालिकालाई केन्द्रमा राखेर गरिने समावेशी विकासको मोडल , कोशी प्रदेशका सात जिल्लाहरूका ७८ स्थानीय तहहरूमा प्राप्त उपलब्धी र सिकाइका आधारमा थप स्थानीय तहहरुमा सञ्चालनमा रहेको कार्यक्रमका सम्बन्धमा , लक्ष्य
जन्मजात तथा जन्म पश्चात् हुने अपाङ्गता न्यूनिकरण एवं अपाङ्गता भएका व्यक्तिहरू सहितको समावेशी समाजको निर्माण गर्नुपर्ने कार्यक्रम ,नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने; अपाङ्गता भएका व्यक्तिहरू र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने; स्थानीय तहमा रही लक्षित समूहलाई सेवा प्रदान गर्ने सरकारी संरचनाहरुको सुदृढीकरण गर्ने लगायतका विषयमा छलफल तथा अन्तरकृया गरिएको थियो ।


सामाजीक विकास मन्त्रालय, स्थानिय तथा र करुणा फाउण्डेसनको त्रिपक्षिय लागत साझेदारीमा सन्चालित तथा राष्ट्रिय अपाङता महासंघको प्राविधिक सहयोगमा सञ्चालिक कार्यक्रमको अहिले सम्मको उपलब्धि ,चुनौती र अवसरका बारेमा महिला बालबालिका शाखा प्रमुख रिता कार्कीले सहभागीलाई जानकारी गराउनु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend