logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी कमलको सभापतीमा पुन : चापागाई


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ३० २०८२

कमल । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

विहिवार सम्पन्न अधिवेशन बाट आगामी कार्यकालकालागी अध्यक्षमा पुन केदार चापागाई सर्व सम्मत सभापति चयन हुनुभएको छ ।

९ सदस्य गाउँकमिटीको उप सभापति याम प्रकाश सुब्ब, सचिब गोपाल दाहाल सह सचिव धान्य प्रसाद बराल समेत सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै सदस्यमा सदस्य दिनेश घिमिरे,सदस्य रोशनी दर्नाल , सुवास उप्रेती र विष्णुमाया थपलिया र खिलनाथ सेढाई चयन हुनुभएको निर्वाचन समिति सदस्य धिरज न्यौपानेले जानकारी दिनुभयो ।


प्रदेश महामन्त्री एवं संगठन विभाग प्रमुख लाल विक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय संगठन विभाग सदस्य ओम भण्डारी, प्रदेश प्रशिक्षण विभाग प्रमुख एवं सचिवालय सदस्य नारायण घिमिरे, प्रदेश कानुन विभाग प्रमुख सुरेश पोख्रेल, जिल्ला सदस्य, क्षेत्रिय सदस्य , पालिकाका सभापति लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend