कमल । कमल गाउँपालिका वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र बासबारीले स्थानीय समुदाय तथा आमा समूहहरूमा स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरू फैलाउनमा सक्रिय रहँदै आउनु भएको छ ।
२०८२ जेष्ठ २० गते आयोजित शुक्रबारे कमलपोखरी आमा समूहमा आमा समूहकि अध्यक्ष रेणुका रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अ.न.मि विन्द्रा राईले सुरक्षित मातृत्व,सुत्केरी घरभेट कार्यक्रम,इम्प्लाण्ट सेवा, महिलाहरूको महिनावारी सम्बन्धी जानकारी, खोप सेवा, पोषण सेवा लगाएतका बिषयमा जानकारी दिनुभयो ।

आमा समूह (WomenÚs Group) र स्वास्थ्यकर्मी (Health Workers) बीचको सम्बन्ध समुदायको स्वास्थ्य प्रवर्धनका लागि अत्यन्तै महत्वपूर्ण भएको र यी दुई पक्षबीचको सम्बन्ध सशक्तिकरण, सहकार्य, विश्वास र पारदर्शितामा आधारित हुनुपर्ने भएकाले सचेतनामुलक कार्यक्रम सन्चालन गरिएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीको बताउनु भयो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रमा विगतको तुलनामा स्वास्थ्य संस्थाको सेवा प्रवाह मा उल्लेखनीय सुधार भएको , नया स्वास्थ्यकर्मीहरुको सकृय आगमनले सेवा विस्तार भए सगै सेवा लिने वातावरण समेत सुमधुर र स्वच्छ रहेको आमा समुहकि अध्यक्ष रायमाझीले बताउनु भयो ।
कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा आमा समूह कि सदस्य सचिव मनमाया मगर सन्चालन गर्नुभएको थियो ।